४ पुस २०८२, शुक्रबार | December 20, 2025

चीनले लगायो अमेरिकाको समानमा ८४ प्रतिशत कर



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

चिनियाँ ट्यारिफ अमेरिकी आयातहरूमा पहिले नै लगाइएको ३४ प्रतिशतबाट बढेको हो । अन्य, ६० देशहरूबाट अमेरिकामा आयातमा कडा भन्सार शुल्कहरू कायमै रहेको छ । ट्रम्पले भनेका छन् कि प्रभावित देशहरूले वार्ताको लागि बोलाइरहेका छन् ।

मार्केट ट्र्याकरहरूका अनुसार चीनको पछिल्लो ट्यारिफ घोषणा पछि युरोपेली बजारको सेयर भ्यालु घटेको छ ।

यसैबीच, लगानीकर्ताहरूले आफ्नो दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रहरू बेचिरहेका छन्, जसले परम्परागत रूपमा सुरक्षित हेवन सम्पत्ति मानिदैँ आएको छ ।

उता अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन ।

सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोली देखी नै लागु हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको हो । चीनमा रहेका कतिपय अमेरिकन उधोगलाइ शंकास्पद सुचीमा राखेको घोषणा पनि गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको