२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

चीनले लगायो अमेरिकाको समानमा ८४ प्रतिशत कर



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

चिनियाँ ट्यारिफ अमेरिकी आयातहरूमा पहिले नै लगाइएको ३४ प्रतिशतबाट बढेको हो । अन्य, ६० देशहरूबाट अमेरिकामा आयातमा कडा भन्सार शुल्कहरू कायमै रहेको छ । ट्रम्पले भनेका छन् कि प्रभावित देशहरूले वार्ताको लागि बोलाइरहेका छन् ।

मार्केट ट्र्याकरहरूका अनुसार चीनको पछिल्लो ट्यारिफ घोषणा पछि युरोपेली बजारको सेयर भ्यालु घटेको छ ।

यसैबीच, लगानीकर्ताहरूले आफ्नो दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रहरू बेचिरहेका छन्, जसले परम्परागत रूपमा सुरक्षित हेवन सम्पत्ति मानिदैँ आएको छ ।

उता अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेपछिको पहिलो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्पनीहरूलाई अमेरिकामा फर्किन प्रोत्साहन दिइरहेको बताएका छन ।

सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै अमेरिकी राष्ट्रपतिले भने, ‘तपाईंको कम्पनीलाई संयुक्त राज्य अमेरिकामा सार्ने यो राम्रो समय हो।’

चीनको समानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरे पछि चीनले पनि भोली देखी नै लागु हुने गरी जवाफमा ८४ प्रतिशत कर लगाएको हो । चीनमा रहेका कतिपय अमेरिकन उधोगलाइ शंकास्पद सुचीमा राखेको घोषणा पनि गरिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २३ बजे

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

घुस रकम सहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरी बलका एक जना सशस्त्र प्रहरी निरीक्षक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने