१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ : उपाध्यक्ष लामा



काठमाडौं । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग गरेको बताएका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) ले धौलागिरी एडभेन्चर ट्रेकिङ प्रालिको आयोजना तथा मौलिका फिल्म्सको सह-आयोजनामा आयोजित संस्कृति आदानप्रदान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गरेका छन् ।

उपाध्यक्ष डा. लामाले लुम्बिनी क्षेत्रको तीब्रतर विकासका लागि अस्ट्रेलियाको समुदायले सहकार्य तथा हातेमालो गर्न इच्छा र आवश्यकता महसुस गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद प्रदान गरेका हुन् । उपाध्यक्ष डा. लामाले बुद्धस्थलहरू कपिलवस्तुको तिलौराकोट, रामग्राम समेतलाई विश्वस्तरमा प्रवर्द्धन गर्दै लैजाने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

विश्वमा अहिंसा र द्वन्द्व बढ्दै गएको बेला शान्तिको लागि विश्व समुदायमा संस्कृतिको आदानप्रदानले मानव समाजको विकासलाई झनै मैत्रीपुर्ण बनाएको बताएका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय मठ र मन्दिरहरू विश्व संस्कृतिको रुपमा विकास भैरहेको कुरा बताउदै उपाध्यक्ष डा. लामाले विभिन्न देशहरूले आफ्नो देशको वास्तुकला र धार्मिक शैलीलाई लुम्बिनीका मठ र गुम्बारहरूले प्रतिनिधित्व गरेको बताएका छन् ।

अस्ट्रेलियामा ग्रेट स्तुपमार्फत इयान ग्रीनले बौद्ध धर्मलाई विश्वव्यापी बनाउन योगदानलाई कदर गर्दै कार्यक्रमका अवसरमा इयान ग्रीनलाई उपाध्यक्ष डा. लामा द्वारा विशेष सम्मान समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रूपा विक, अस्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत कैलाशराज पोखरेल, बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, आयोजक संस्था धौलागिरी एडभेन्चर प्रालिका अध्यक्ष आंगकामी शेर्पाले आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले