४ पुस २०८२, शुक्रबार | December 20, 2025

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद



नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना गरेको स्वाद उत्सव आज सम्पन्न भएको छ । गत २५ गतेबाट सुरु भएको स्वाद उत्सव देशभरका १८ शाखाबाट झण्डै २ लाख पाहुनालाई स्वाद चखाउँदै आज सम्पन्न भएको हो ।

स्वाद उत्सवको नेपालगन्जबाट समापन गर्दै होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले स्वाद उत्सवमा सहभागी पाहुना तथा लगानीकर्ता, कर्मचारी पत्रकार एवं सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । उनले पाहुनाहरुबाट आएको सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा अझै परिस्कृत र स्वस्थकर परिकारहरु पौवामा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । नेपालगन्जमा ५ तारे होटलको निमाएण प्रारम्भ भइसकेको जनाउँदै भण्डारीले २ वर्ष भित्र पूर्ण सेवा दिनेगरि काम भइरहेको जानकारी दिए । उनले आवासिय भवन निर्माणाधिन रहेपनि रेष्टुरेन्ट, ब्याङ्केट, क्याबिनबाट पौवाले सेवा दिन सुरु गरिसकिएको बताए ।

पौवाले नेपाली नयाँवर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने भएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना गरिएको पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १० : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको