१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

१० औं मणिमुकुन्द कप ईन्डो नेपाल भलिबल प्रतियोगिता बैशाख ६ देखि सुरु



बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम सहभागी हुने प्रतियोगीता यहि बैशाख ६ गते देखि १३ गते सम्म सञ्चालन हुने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने भलिवल प्रतियोगीताको तयारी पुुरा भएको क्लबले पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले साग भलिव एकडेमी गुजरात भारत, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लव बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब र सुदुुरपश्चिम खेलकुल परिषद गरी कुल ९ वटा टिमको सहभागीता हुने जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने समुहले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । यस्तै उप विजेता समुहले २ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने समुहले १ लाख ११ हजार १ सय ११ र सान्तव्ना स्थान प्राप्त गर्ने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीतामा बेष्ट प्लेयसरलाई नगद १५ हजार सहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बेष्ट सटरलाई १० हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ । बेष्ट ब्लकर लाई पनि १० हजार हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ ।

बेष्ट डिफेन्सलाई हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ यस्तै बेष्ट सर्भरर्लाइ हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने भने बेष्ट कोचलाई १० हजार सहित हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै अनुशासीत खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा भलिबल क्लबका वरिष्ठ सल्लाहकार तथा नेपाल भलिबल संघका पुर्व केन्द्रीय सदस्य मणिमुकुन्द माविका प्राचार्य टुक बहादुर क्षेत्री, नेपाल भलिबल संघका प्रदेश अध्यक्ष योग गुरुङ्ग, क्लबका सल्लाहकार सुरेन्द्र गुरुङ्ग लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ८ : ३२ बजे

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८