५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

१० औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबलको उपाधि गल्कोट भलिबल क्लबलाई



बुटवल । रूपन्देहीमा सम्पन्न १० औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि गल्कोट भलिबल क्लब बागलुङले चुमेको छ । शनिबार अबेर भएको फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो ।

गल्कोटले साग भलिबललाई २५-२०, २५-१८, २६-२४ ले पराजित गरेको हो । पाँच जना इरानी खेलाडीसहित मैदानमा उतारेको गल्कोटको प्रदर्शन हेर्न लायक थियो । उपाधिसँगै गल्कोटले नगद ३ लाख ११ हजार १११ रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता साग भलिबल एकेडेमी गुजरात २ लाख ११ हजार १११ रूपैया, कप, मेडलमा चित्त बुझाएको छ ।

गत वर्षको उपाधि विजेता त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा चित्त बुझाउँदै एक लाख ११ हजार १११ रूपैयाँ तथा चौथो स्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघले ६६ हजार ६६६ रूपैयाँ नगद पुरस्कृत भयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, संयोजक सुरेन्द्र गुरुङले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा एउटा भारतिय, नेपालका तीन विभागीय सहित ८ टिमले भाग लिएको थिए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिएको थियो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : १३ बजे

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने