२३ भदौ २०८३, मंगलबार | September 8, 2026

एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियलको जित



काठमाडौं । स्टार खेलाडी केलिएन एम्बाप्पेले रातो कार्ड पाएको खेलमा रियल म्याड्रिडले जित हात पारेको छ । स्पेनिस ला लिगाको आइतबार भएको डेपोर्टिभो अल्भाससँगको खेलमा रियलले एन्टेनियो ब्लान्कोलाई हात हालेको कारण एम्बाप्पेलाई पहेँलो कार्ड देखाइए पनि भिडियो रिप्ले हेर्दै रातो कार्ड देखाइएको हो ।

३४ औँ मिनेटमा एडुर्डो कामाभिङ्गाले रियलका लागि गोल गरेका थिए । त्यसको चार मिनेट पछि नै सो घटना भएको हो। रियलले सो खेलमा १-० को जित हात पारेको हो ।

आइतबार भएको अन्य खेलमा एथलेटिक क्लबले रायो भल्कानोलाई ३-१ ले, भिल्लारियलले रियल बेटिसलाई २-१ ले , ओसासुनाले गिरोनालाई २-१ ले हराए ।

ला लिगाको अङ्क तालिकामा बार्सिलोना ७० अङ्कसहित शीर्ष स्थान भने रियल म्याड्रिडको ६६, एट्लेटिको म्याड्रिडको ६० तथा एथलेटिक बिलबाओको ५७ अङ्क छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ५९ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी