२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै



राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नेछन । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए ।

उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उहाँले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु नौ लाख एक हजार र उपविजेतालाई रु चार लाखसहित शिल्ड प्रदान गरिने उनले बताए । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : २७ बजे

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा