७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन जना घाईते



गुल्मी । कालीगण्डकी गाउँपालिका गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । जिल्लाको सत्यवती गाउँपालिकाबाट कालीगण्डकीको पुर्तिघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जिप गएराती कालीगण्डकी-४ सैरेनीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा कालीगण्डकी गाउँपालिका-५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप अचानक ब्रेक फेल भई भित्तामा ठोक्किदा जीप चालक सहित पाँच जना मध्य तीन जना घाईते भएका थिए ।

घाईतेहरुलाई उपचारका लागि रातीनै मिसन अस्पताल तानसेन पाल्पामा पठाईएको वडाध्यक्ष होम बहादुर थापाले जानकारी दिए । घटनाको जानकारी पाएपछि रातीनै पुर्तिघाटबाट प्रहरी टोली घटनास्थल पुगि घाईतेहरुको उद्धार गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जननकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ११ : ०२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज