५ पुस २०८२, शनिबार | December 20, 2025

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद



नेपालगन्ज । बाँके प्रहरीले चैत्र महिनामा मात्र १२८ ग्राम ब्राउन सुगर बरामद गरेको तथ्याङ्क सार्वजनिक गरेको १ साता पूरा नहुँदै प्रहरीलु ठूलो मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको रुपैडिहाबाट पैदल नेपालगन्ज तर्फ आइरहेका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले जमुनाहा नाकाबाट ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनारले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पैदल आइरहेका सुनारको गतिबिधिबाट शंका लागेर जाँच गर्दा सुनारको साथबाट ब्राउनसुगर फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । ठुलो परिमाणको ब्राउनसुगर उनले बिक्री गर्न ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । सुनारको बयानका आधारमा थप लागु औषध कारोबारमा संलग्नहरुको खोजी तिब्र पारिएको डिएसपी पतालीले बताए ।

सीमावर्ती भारतीय बजारबाट बाँकेलगायत छिमेकी जिल्लाका युवाले नेपालगन्ज नाका हुँदै लागु औषध नेपाल भित्राउने र नेपालगन्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गरेको छ । प्रहरीले हरेकपटक लागु औषध ओसारपसार गर्ने भरियालाई पक्राउ गरेपनि कारोबारमा संलग्न गिरोहलाई भने पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ३९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता