२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

नयाँवर्षको पहिलो हप्ता मै नेपालगन्ज नाकाबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद



नेपालगन्ज । बाँके प्रहरीले चैत्र महिनामा मात्र १२८ ग्राम ब्राउन सुगर बरामद गरेको तथ्याङ्क सार्वजनिक गरेको १ साता पूरा नहुँदै प्रहरीलु ठूलो मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको रुपैडिहाबाट पैदल नेपालगन्ज तर्फ आइरहेका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ५ का २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले जमुनाहा नाकाबाट ३३ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । सुनारले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पैदल आइरहेका सुनारको गतिबिधिबाट शंका लागेर जाँच गर्दा सुनारको साथबाट ब्राउनसुगर फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए । ठुलो परिमाणको ब्राउनसुगर उनले बिक्री गर्न ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । सुनारको बयानका आधारमा थप लागु औषध कारोबारमा संलग्नहरुको खोजी तिब्र पारिएको डिएसपी पतालीले बताए ।

सीमावर्ती भारतीय बजारबाट बाँकेलगायत छिमेकी जिल्लाका युवाले नेपालगन्ज नाका हुँदै लागु औषध नेपाल भित्राउने र नेपालगन्ज हुँदै देशका विभिन्न शहरमा पुग्ने गरेको छ । प्रहरीले हरेकपटक लागु औषध ओसारपसार गर्ने भरियालाई पक्राउ गरेपनि कारोबारमा संलग्न गिरोहलाई भने पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ३९ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित