४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर नजिक सुक्खा पहिरो खस्दा राजमार्गको दुवैतर्फको सवारी आवागमन प्रभावित भएको छ ।

आज बिहान करिब ११ बजे अचानक सडकको बायाँ किनाराबाट सुक्खा पहिरो खसेपछि राजमार्गको एक साइड पूर्णरूपमा अवरुद्ध भएको हो । अर्काे साइडबाट पनि सवारी आवागमनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मधु नेपाले बताए ।

प्रहरीका अनुसार विगत केही दिनयता सो क्षेत्रको चिरा देखिएको थियो । बिहानैदेखि साना ढुंगा र माटो खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिम अनुमान गरिएको थियो । पहिरो खस्दा कुनै मानविय क्षति भने नभएको सुचना अधिकारी नेपालले जानकारी दिए ।

घटनास्थलमा पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ । निर्माण कम्पनीको समन्वयमा आवश्यक मेसिनरी र जनशक्ति परिचालन गरी सडक यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसबीच, प्रहरीले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  २ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको