३१ असार २०८३, बुधबार | July 15, 2026

दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द



नवलपुर । निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने जंगलको खुर्सानी खोलानजिक सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने सडक खण्ड करिब ४ फिटसम्म भासिएको हो। सडक भासिएपछि दुवै तर्फको सवारी आवागमन अवरुद्ध भएको र यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा अहिले प्रहरी टोली खटिएको छ भने सडक मर्मत तथा सवारी आवागमन सहज बनाउन प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूको समन्वयमा काम भइरहेको छ।

प्रहरीले उक्त खण्ड प्रयोग नगर्नुहुन आम नागरिक र सवारी चालकहरूलाई आग्रह गर्दै वैकल्पिक मार्ग अपनाउन सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ०९ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत