१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त



बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी मृत्यु भएका बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन प्रति बुटवल उपमानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुःख प्रकट गरेका छन् ।

नगर प्रमुख पाण्डेयले आज एक विज्ञप्ति प्रकाशित गर्दै भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी रुपन्देहीको बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन भएकोमा उपमहानगर स्तब्ध भएको जनाएका छन् । बुटवलका बासिन्दा न्यौपाने बिदाको समयमा आफ्‌नो आमा रिना पाण्डे (न्यौपाने), बहिनी सुष्मा र ज्वाईं युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएको र पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली प्रहार गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘म यो घटनाको जानकारी पाएपछि रिना पाण्डे (न्यौपाने) को परिवार, सुदीपका मामा बुटवल १२ निवासी महाशर्मा पाण्डेसँग नियमित सम्पर्कमा रहेको छु र आवश्यक सहजीकरणका लागि पहल गरिरहेको छु । आतंकवादी हमलामा भ्रमणका लागि गएका निर्दोष नागरिकहरूको ज्यान गएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ र यो घटनाप्रति हामी घोर भर्त्सना गर्दछौं ।’ पाण्डेयले विज्ञप्तिमा लेखेका छन् ।

उनले घटनामा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गरेका छन् ।

विज्ञप्ति मार्फत नगर प्रमुख पाण्डेयले घटनामा ज्यान गुमाउने सुदीपको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन तथा आक्रमणमा परी घाइते भएकाहरुको उपचार र राहतको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा