५ पुस २०८२, शनिबार | December 20, 2025

जम्मु-कश्मीर आक्रमण : सुदिपको शव सुनौली नाका हुँदै बुटवल ल्याईयो, आजै अन्त्यष्टी गरिने



बुटवल । छिमेकी मुलुक भारतको जम्मु-कश्मीरमा सर्वसाधारणमाथि मङ्गलबार भएको आतंकवादीको आक्रमणमा परि मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ ।

गत शनिबार आमा रिमा पाण्डे, दिदि सुश्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका बुटवलका युवा सुदिप न्यौपानेको उक्त हमलामा ज्यान गएको थियो । आतंकवादीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै बुटवलको कालिकानगरस्थित निवासमा ल्याइएको छ । उनको आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ७ : ४४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य