७ माघ २०८२, बुधबार | January 21, 2026

पत्रकारमाथि दुर्व्यवहार गर्ने दीपेश यादव पक्राउ



भैरहवा । पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स¬ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ ।

सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताए ।

पत्रकार विश्वकर्माल यादव नेतृत्वको ७÷८ जनाको समूहले समाचार सङ्कलनको क्रममा आफूलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएका थिए । यादवलाई कानुनी कारबाही र पत्रकार विश्वकर्मालाई न्यायका लागि लुम्बिनी प्रेस क्लबले यही वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

अवधिमा यादव पक्राउ नपरेपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रमको घोषणा गर्दै पहिलो दिन कार्यक्रमअन्तर्गत आज ११ गते बिहान सवा १० बजेदेीख एक घण्टासम्म जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि धर्ना दिएको थियो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पेशागत सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ४५ बजे

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा