२३ असार २०८३, मंगलबार | July 7, 2026

बेनी-दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्र



म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड ७० लाखको लागतमा सिम-पानाबगर खण्डको चार किलोमिटर कालोपत्र भइसकेको छ ।

मङ्गला गाउँपालिका-२ रणवाङबाट मालिका गाउँपालिका-६ दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिका लागि २०७६ सालमा रु २२ करोड ५७ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले रणवाङबाट तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर कालोपत्र भएको छ ।

दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु १४ करोडमा ठेक्का सम्झौता भएको एउटा योजना चालु रहेको र थप रु ९२ करोड बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ४२ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण

बाँके । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक