२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नक्कलीले होईन सक्कलीले मात्रै बचाउँछ गणतन्त्र : सचिव पाण्डेय



बुटवल । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव एव्म पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नक्कली गणतन्त्रवादीहरुले गणतन्त्र जोगाउन नसक्ने बताएका छन् । उनले कतिपय नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारमा बसेपनि उनीहरु असली गणतन्त्रवादी नहुँदा राजावदीहरु सक्रिय भएको बताए ।

नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै सचिव पाण्डेयले यस्तो बताएका हुन । आफूहरुले ठूलो संघर्ष र त्यागबाट गणतन्त्र ल्याएको बताउँदै नक्कली गणतन्त्रवादीहरुकै कारण राजतन्त्रको चर्चा भइरहेको आरोप लगाए । पूर्वमन्त्री पाण्डेयले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अगुवाईमा गणतन्त्र प्राप्त भएको बताउँदै जोगाउने दायित्व पनि समाजवादीसँगै रहेको बताए ।

‘६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र ल्याउन स्व. गिरिजा प्रसाद कोईराला, माधव कुमार नेपाल र प्रचण्डविच मात्रै सम्झौता भएको हो’ उनले भने –‘हस्ताक्षरकर्ताको नाताले पनि गणतन्त्रप्रतीको माया हाम्रो पार्टीलाई छ ।’ उनले वर्तमान सरकारकै कारण मुलुकमा निराशा बढेको समेत बताए । जनतामा सरकारले उत्साहभन्दा निराशा बढाउने काम गरेकै कारण राजतन्त्रवादीहरु सक्रिय भएको उनको भनाई छ । उनले राजावादीहरुको सक्रियता हुनुमा सरकार नै जिम्मेवार रहेको बताए । अहिले मुलुकमा देखिएको कुशासन, भ्रष्टाचारको अन्त्यका लागि अब आफूहरु आन्दोलनको तयारीमा रहेको समेत बताए ।

संविधानमा लेखिए अनुसार समाजवादी जाने स्पष्ट कार्यक्रम आफूहरुले मात्रै ल्याउने उनको दावी छ । पाण्डेयले मुकुलमा देखिएको भ्रष्टाचारको अन्त्य गरी रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी कार्यक्रम महाधिवेशनले पारित गरेको बताउँदै पार्टी निर्माणमा एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दए । उनले अहिले कुनै पनि पार्टीसँग एकता नहुने समेत स्पष्ट पारे । कम्यूनिष्ट पार्टीहरुविच एकता आवश्यक रहेपनि एमालेसँग अहिलेको अवस्थामा एकता सम्भव नै नरहेको बताए ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य भगवती अधिकारी, रुपन्देहीका अध्यक्ष हिराध्वज शाह, नेकपा एमाले नगर कमिटि अध्यक्ष शोभाखर पोख्रेल, नेपाली काँग्रेस बुटवलउपमहानगरका कार्यवाहक सभापती ज्योती भण्डारी, नेकपा माओवादी केन्द्रका बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल, नेकपा बुटवल नगर सचिव विष्णु बेल्बासे लगायतले बोल्दै अधिवेशन सफलताको शूभकामना दिए ।

अधिवेशन अध्यक्ष चिनबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रुक्माङगत घिमिरेको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ०० बजे

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क