७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका अनिता चौधरीले माछा पोखरीमा व्यावसायिक रूपमा घोँगीपालन गरेकी छन् । माछासँगै उनले पोखरीमा घोँगीपालन गरेकी हुन् ।

छ महिनामा उनले घोँगीपालनबाट रु एक लाख ५० हजार आम्दानी भएको जानकारी दिइन् । वर्षमा दुई पटक पोखरीमा उत्पादन भएका घोँगी बिक्री हुने चौधरीले बताइन् । “माछाका भुरा हालिएको पोखरीमा सुरुमा एक÷दुई किलो घोँगी राख्ने गरेका छौँँ”, उनले भनिन्, “माछालाई जस्तै घोँगीलाई पनि दाना हाल्ने गरेका छौँ ।”

“दाना हाल्ने गरेपछि घोँगी निकै फस्टाउने गरेका छन् । चैतमा पोखरी सुकाएपछि घोँगी बेच्नका लागि तयार हुन्छ । त्यसअघि पनि घोँगी बिक्री हुने गरेको छ”, चौधरीले भनिन । उनका अनुसार यस वर्षको छ महिनामा १२ क्विन्टल ५० किलो घोँगी प्रतिकिलो रु एक सयदेखि रु एक सय २० का दरले बिक्री भएको छ ।

पोखरीबाटै केही घोँगी स्थानीयले खरिद गरेर लैजाने गरेका छन् । “धनगढी, महेन्द्रनगरलगायत बजारमा मौलिक थारु समुदायको परिकार पस्कने होटलमा घोँगीको माग बढी छ”, चौधरीले भनिन्, “माग अनुसार उत्पादन गर्न सकेका छैनौँ, जति उत्पादन गरेपन सहजै बिक्री हुन्छ ।” घोँगी बेचेर आएको रकमबाट घरखर्च सहज रूपमा चल्ने गरेको उनले बताइन् ।

तीन वर्षदेखि तीन ठूला र एक सानो पोखरीमा माछासँगै घोँगीपालन गरिँदै आइएको चौधरीले जानकारी दिइन् । गत वर्ष रु ९० हजार जतिको मात्रै घोँगी उत्पादन भएकामा यस वर्ष दोब्बर बढी उत्पादन भएको उनले बताइन् । घोँगीसँगै पोखरीमा माछापालन गरी चौधरीले वर्षमा रु १० लाख बढी आम्दानी गर्दै आएको जानकारी दिइन् ।

पहिले थारु समुदायको मौलिक परिकारका रूपमा मात्रै घोँगी पकाउने गरिन्थ्यो । हाल व्यापारिक मेला, होटेलमा नयाँनयाँ परिकारको माग आउन गनलेपछि सबै समुदायको रोजाइमा घोँगीका परिकार पर्ने गरेका छन् । एक अध्ययन अनुसार घोँगी खाँदा डिप्रेसन कम हुने र मस्तिष्कको विकासमा मद्दत पुग्ने गर्दछ ।

घोँगीको सेवनबाट हड्डी बलियो बनाउने कार्यसँगै प्रजनन क्षमता बढाउनुका साथै यसमा ओमेगा फ्याट्री एसिड, क्याल्सियम, जिङ्क, पोटासियम, सोडियकलगायत पोषकतत्व पाइने भएकाले रक्तचाप नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सक बताउँछन् ।

कोलेस्ट्रोर कम हुने भएकाले मुटु र मिर्गौलाका लागि घोँगीका परिकार फाइदाजनक हुने चौधरीले बताइन् । “काँचो घोँगी खाँदा टाउको, घाँटी दुख्ने कार्यसँगै केहीलाई एलर्जिको समस्या भने देखिन्छ । पहिले पानी जमेका धान खेत, पानीले भरिएका खाल्डाखुल्टी, तलाउमा थारु समुदायका महिलाले घोँगी सङकलन गरी परिकार बनाएर साँझ, बिहानको खानामा पस्कने गर्दथे”, उनले भनिन् ।

हाल माछासँगै पोखरीमा घोँगीपालनको कार्य हुन थालेपछि खोज्नका लागि अन्य क्षेत्र पुग्नुपर्ने झन्झट हटेर गएको चौधरीले बताइन् । उनका अनुसार परापूर्वकाल देखि थारु समुदायको मुख्य खान्कीका रूपमा अरु परिकार झै घोँगी पनि पर्दछ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : २४ बजे

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त