१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले संसदीय दलको चारबुँदे निष्कर्ष



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ ।

मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढङ्गले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टीका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो ।

मुख्य सचेतक बर्तौलाले भने, “संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।”

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ४२ बजे

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर