२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एकीकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित



बुटवल । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिवेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग (इश्वर) र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो ।

यसअघि अधिवेशन उदघाटन समारोहमा बुटवल वडा न ११ का रमेश परियारले एमाले परित्याग गरि तथा श्याम सुनार नेपाली काग्रेस परित्याग गरि नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : ५८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न