२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राप्रपा महामन्त्री धवलशमशेर आज स्वदेश फर्कँदै

पार्टी निर्णय विपरित कमल थापाको आन्दोलनमा सहभागी हुने राणाको घोषणा



काठमाडौं । राप्रपाका महामन्त्री धवलशमशेर राणा आज स्वदेश फर्कदैछन् । क्यान्सर रोगसँग लडिरहेका राणा दिल्लीमा थप उपचार गरी आज स्वदेश फर्किन लागेका हुन् ।

‘आज म स्वदेश फर्कदैछु, भोली हुने आन्दोलनमा सहभागी हुनेछु’ उनले भनेका छन् । भोली  सोमवार कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतको ६४ जनाको रिहाइको माग गर्दै प्रदर्शन गर्दैछ, । जुन प्रदर्शनमा राप्रपाका महामन्त्री राणा पनि सहभागी हुने उनले जनाएका हुन् ।

राणा महामन्त्री रहेको राप्रपाले भने राजावादी आन्दोलन जस्लेगरेपनि नैतिक समर्थन जनाएपनि सक्रिय सहभागी नहुने निर्णय गरेको छ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पनि राणा र मिश्र पार्टी निर्णय विपरित प्रदर्शनमा सहभागी भएका थिए ।  राणामाथि तीनकुने प्रदर्शनमा हिंसात्मक गतिबिधि भएको भन्दै सरकारले मुद्दा दर्ता गरि अनुसनधान गरिरहेको छ । उनी सोही मुद्दामा हाजिरी जमानीमा छेटेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले भोलिको प्रदर्शनका बारेमा सहभागी हुने वा नहुने सम्बन्धमा कुनै निर्णय सार्वजनिक गरेको छैन । कमल थापाको राप्रपा नेपालको प्रदर्शनलाई नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन संघर्ष समितिले भने समर्थन जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ५९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार