२३ भदौ २०८३, मंगलबार | September 8, 2026

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा



काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले मागेको तीन लाख रुपैयाँ धरौटी बुझाएर राणा रिहा भएका हुन् ।

धरौटी माग गर्दा अदालतले आपराधिक उपद्रव कसुरमा पूर्ण रूपमा निर्दोष हुन् भनेर भन्न नसकिएको उल्लेख गरेको छ। यद्यपी उनको स्वास्थ्य अवस्थालाई रिहा गर्ने आधार मानेको छ। ‘निज घातक रोगको उपचाररत रहेको भन्ने समेत मिसिलबाट देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी हाललाई रू ३,००,०००.०० (तीन लाख रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षको लागि तारिखमा राख्नू।’ आदेशमा उल्लेख छ ।

आपराधिक उपद्रवको कसुरमा निर्दोष हुन नसक्ने बताएको अदालतले राज्यविरूद्धको कसुर एवं संगठित अपराधमा अहिले नै कसुरदार हुन् भनेर पूर्ण रूपमा विश्वास गर्ने मनासिब आधार नदेखिएको आदेश जारी गरेको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार