४ श्रावण २०८२, आइतबार | July 20, 2025

धवल शमशेर राणा ३ लाख धरौटीमा रिहा



काठमाडौं । तीनकुने घटनामा मुछिएका राप्रपाका सांसद धवलशम्शेर राणा तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले मागेको तीन लाख रुपैयाँ धरौटी बुझाएर राणा रिहा भएका हुन् ।

धरौटी माग गर्दा अदालतले आपराधिक उपद्रव कसुरमा पूर्ण रूपमा निर्दोष हुन् भनेर भन्न नसकिएको उल्लेख गरेको छ। यद्यपी उनको स्वास्थ्य अवस्थालाई रिहा गर्ने आधार मानेको छ। ‘निज घातक रोगको उपचाररत रहेको भन्ने समेत मिसिलबाट देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी हाललाई रू ३,००,०००.०० (तीन लाख रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत वा बैंक ग्यारेन्टी दिए लिई मुद्दा पुर्पक्षको लागि तारिखमा राख्नू।’ आदेशमा उल्लेख छ ।

आपराधिक उपद्रवको कसुरमा निर्दोष हुन नसक्ने बताएको अदालतले राज्यविरूद्धको कसुर एवं संगठित अपराधमा अहिले नै कसुरदार हुन् भनेर पूर्ण रूपमा विश्वास गर्ने मनासिब आधार नदेखिएको आदेश जारी गरेको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ३० बजे

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम