काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क बाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा सोमबार अदालतमा उपस्थित भएका छन् । रिहा भएदेखि नै सम्पर्क बाहिर रहेका उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् ।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गरिएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेपनि सम्पर्कमा नआएपछि जमानी बस्ने कानुन ब्यवसायी र राणाका स्वकीय सचिवलाई जरिवाना गरिएको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा भारतको मुम्बईमा उपचारार्थ गएका थिए । उपचारबाट फर्केपछि पनि उनी प्रहरी सम्पर्कमा गएका थिएनन् । पार्टी र सार्वजनिक कार्यक्रममा उपस्थित भएका राणा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए ।
२०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।
प्रतिक्रिया