२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित



काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क बाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा सोमबार अदालतमा उपस्थित भएका छन् । रिहा भएदेखि नै सम्पर्क बाहिर रहेका उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् ।

२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गरिएको छ ।

यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेपनि सम्पर्कमा नआएपछि जमानी बस्ने कानुन ब्यवसायी र राणाका स्वकीय सचिवलाई जरिवाना गरिएको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा भारतको मुम्बईमा उपचारार्थ गएका थिए । उपचारबाट फर्केपछि पनि उनी प्रहरी सम्पर्कमा गएका थिएनन् । पार्टी र सार्वजनिक कार्यक्रममा उपस्थित भएका राणा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए ।

२०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।

 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : ३८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार