१ पुस २०८२, मंगलबार | December 16, 2025

आईपीओको यात्रामा पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता



काठमाडौ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत सुख्खानगर बुटवलमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालीलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

पैचो पसल प्राली कृषि क्षेत्रमा काम गर्ने कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझ पुर्याउँदै आएको छ । पैचो पसलले केचप, अचार तथा जाम, दाल, सिन्की, मस्यौरा जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पु¥याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।

आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य पैचो पसलले लिएको छ।

नेपालमा आधा भन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको र यसले देशको कुल गार्हस्थ उत्पादनमा (जिडीपी) करिब एक चौथाइ मात्र योगदान पुऱ्याइरहेको अवस्थामा पैचो कम्पनीहरूलाई सरकारले प्रथामिकतामा राखी यस क्षेत्रमा दीर्घकालीन र दिगो विकासको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ४ : ०२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष