२७ पुस २०८२, आइतबार | January 11, 2026

भेरी अस्पतालको ओपिडी सेवा सञ्चालन



नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा आजदेखि सञ्चालनमा आएको छ ।

ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए। उहाँले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयलगायतबाट एक–एक प्रतिनिधिसमेत सदस्य रहनुभएको बताए।

“धेरै विषयबाहिर आएका छन, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो”, डा सुवेदीले भने। अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब रु चार करोड बरावरको क्षति भएको अनुमान गरिएको छ । आगालागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने ‘भ्याक्सिन’लगायत सबै जलेर नष्ट भएका थिए ।

मेडिकल स्टोरभित्र राखिएको ‘फ्रिज’मा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएको बताइएको भए पनि त्यसको छानबिन प्रक्रिया सुरु भएको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : २९ बजे

कांग्रेस विशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिको उपस्थिति

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधि

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत

नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा