४ पुस २०८२, शुक्रबार | December 20, 2025

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे



खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्न थालेको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेको ठहर गर्दै क्लवले महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न सुरु गरेको हो । त्यसका लागि डी गाउँमा रहेको मिनी रङ्गशालामा प्रशिक्षण सुरु गरिएको छ ।

फुटबल प्रशिक्षणको सुरुवात गर्दै न्यू डाँफेका अध्यक्ष तिलकवीर सुनारले केही समयभित्रै महिला फुटबल प्रतियोगिताको आयोजना गरिने जानकारी दिए । क्लब स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारीलाई तिब्रता दिईने अध्यक्ष सुनारले जनाए ।

बाँके जिल्लाकै जेठो क्लब मध्यको एक न्यू डाँफे स्पोर्ट्स क्लबले दशौं डाँफे कप सम्पन्न गरिसकेको छ भने आगामी आर्थिक वर्षमा खजुरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने गरी आन्तरिक तयारी समेत गरिरहेको क्लबले जनाएको छ । सोही प्रयोजनका लागि नयाँ खेलाडी उत्पादन लाई तीव्रता दिइएको अध्यक्ष सुनारले बताए ।

क्लबले हरेक दिन बिहान र साँझ खेलाडीहरूलाई प्रशिक्षण दिने काम गरिरहेको क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए । खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सुनारले स्थानीय सरकारले खेलप्रति चासो नदिएको भन्दै गुनासो गरे । स्थानिय सरकारले फुटबल खेलमा लगानी गर्न चासो नदिँदा खजुरा पछि परेको अध्यक्ष सुनारले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको