४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी



काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच आज साँझ ८ बजेदेखि वार्ता जारी रहेको मन्त्रीका स्वकीय सचिव बाबुकृष्ण भेटवालले जानकारी दिए ।

उनका अनुसार वार्तामा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि वार्तामा सहभागी भएर निस्केका छन् ।

महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रहेको र त्यसै आधारमा आज पुनः वार्ता भइरहेको जनाइएको छ । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको