७ जेष्ठ २०८२, बुधबार | May 21, 2025

आज अन्तरराष्ट्रिय ज्याज दिवस



काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २० औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।

सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ ।

अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।

यो अन्तरराष्ट्रिय दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासकार, शिक्षाविद् र ज्याज उत्साहीहरूलाई ज्याज कला, यसको उद्गम, भविष्य र प्रभावका बारेमा जान्ने अवसर प्रदान गर्नाका साथै अन्तरराष्ट्रिय शान्ति तथा संस्कृति प्रवर्द्धनमा योगदान पुग्ने युनेस्कोको विश्वास छ ।

ज्याजले एकता, पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सृजना गर्ने, सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने, परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ५२ बजे

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान जनयुद्वकालीन सेल्टर रोल्पाको थवाङमा

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रकाशित गरेको चालु आर्थिक

ठेकेदारको अराजकता : गौरवको आयोजनाको ७८ मा सकिनुपर्ने सडक ८२ मा पनि सकिएन

पर्वत । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको

हुम्लाको हिमपहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद रेणु चन्दले हुम्लाको लिमी