१८ भदौ २०८३, बिहिबार | September 4, 2026

आज अन्तरराष्ट्रिय ज्याज दिवस



काठमाडौं । आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २० औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।

सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ ।

अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मानव मर्यादाको सम्मान, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता तथा लैङ्गिक समानता प्रवर्द्धन र सामाजिक परिवर्तनका लागि युवाहरूको भूमिकालाई सुदृढ पार्न यो दिवस मनाइन्छ ।

यो अन्तरराष्ट्रिय दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासकार, शिक्षाविद् र ज्याज उत्साहीहरूलाई ज्याज कला, यसको उद्गम, भविष्य र प्रभावका बारेमा जान्ने अवसर प्रदान गर्नाका साथै अन्तरराष्ट्रिय शान्ति तथा संस्कृति प्रवर्द्धनमा योगदान पुग्ने युनेस्कोको विश्वास छ ।

ज्याजले एकता, पारस्परिक समझदारी र सहिष्णुताका लागि अवसर सृजना गर्ने, सीमान्तकृत समाजका युवालाई सशक्त बनाउने, परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्न योगदान पुग्ने युनेस्कोले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ७ : ५२ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो