४ पुस २०८२, शुक्रबार | December 19, 2025

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु



बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ बैशाख १८ गते (भोली) बाट सुरु हुदै छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी रुपन्देहीको आयोजनामा भोली बैशाख १८ गते (भोली) बाट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको टिम दर्ता, खेलमैदानको मर्मत लगायतका सबै तयारी पुरा भएको संघका नगर अध्यक्ष गणेश बोहराले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । उपविजेता टिम नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत नगदबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

बुटवलमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य कल्पना पाडे मगरले खेल क्षेत्रको विकासमा युवाको योगदान महत्वपूर्ण रहेको बताईन । ‘सबैबाट सहयोग र सद्भावबाट यो अघि बढ्ने हो ।’-उनले भनिन ।

कार्यक्रममा नेकपा एमाले पार्टी, बुटवल नगर कमिटि अध्यक्ष शोभाखर पोखरेलले खेल मार्फत युवाहरुलाई एकतावद्ध, अनुशासित र रचनात्मक कार्यमा अघि बढाउन सकिने बताए ।

कार्यक्रममा नेकपा एमाले बुटवल नगर कमिटिका उपाध्यक्ष माधव खनाल, युवा संघ केन्द्रीय सदस्य मनोज गौचनले प्रतियोगिताको सफलताको शुभकामना दिदै सधै साथ सहयोग रहने बताए । १७ औं संस्करणमा वडा नं ६ विजेता रहेको छ । उद्घाटन खेल वडा नं ६ र वडा नं १६ का बीचमा हुने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको