६ बैशाख २०८३, आइतबार | April 19, 2026

१८ औं मनमोहन स्मृति वडा स्तरीय फुटबल प्रतियोगिता बुटवलमा भोलीबाट सुरु



बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ बैशाख १८ गते (भोली) बाट सुरु हुदै छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी रुपन्देहीको आयोजनामा भोली बैशाख १८ गते (भोली) बाट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको टिम दर्ता, खेलमैदानको मर्मत लगायतका सबै तयारी पुरा भएको संघका नगर अध्यक्ष गणेश बोहराले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । उपविजेता टिम नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत नगदबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

बुटवलमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य कल्पना पाडे मगरले खेल क्षेत्रको विकासमा युवाको योगदान महत्वपूर्ण रहेको बताईन । ‘सबैबाट सहयोग र सद्भावबाट यो अघि बढ्ने हो ।’-उनले भनिन ।

कार्यक्रममा नेकपा एमाले पार्टी, बुटवल नगर कमिटि अध्यक्ष शोभाखर पोखरेलले खेल मार्फत युवाहरुलाई एकतावद्ध, अनुशासित र रचनात्मक कार्यमा अघि बढाउन सकिने बताए ।

कार्यक्रममा नेकपा एमाले बुटवल नगर कमिटिका उपाध्यक्ष माधव खनाल, युवा संघ केन्द्रीय सदस्य मनोज गौचनले प्रतियोगिताको सफलताको शुभकामना दिदै सधै साथ सहयोग रहने बताए । १७ औं संस्करणमा वडा नं ६ विजेता रहेको छ । उद्घाटन खेल वडा नं ६ र वडा नं १६ का बीचमा हुने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ११ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय