१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

१० औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबलको उपाधि गल्कोट भलिबल क्लबलाई



बुटवल । रूपन्देहीमा सम्पन्न १० औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि गल्कोट भलिबल क्लब बागलुङले चुमेको छ । शनिबार अबेर भएको फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो ।

गल्कोटले साग भलिबललाई २५-२०, २५-१८, २६-२४ ले पराजित गरेको हो । पाँच जना इरानी खेलाडीसहित मैदानमा उतारेको गल्कोटको प्रदर्शन हेर्न लायक थियो । उपाधिसँगै गल्कोटले नगद ३ लाख ११ हजार १११ रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता साग भलिबल एकेडेमी गुजरात २ लाख ११ हजार १११ रूपैया, कप, मेडलमा चित्त बुझाएको छ ।

गत वर्षको उपाधि विजेता त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा चित्त बुझाउँदै एक लाख ११ हजार १११ रूपैयाँ तथा चौथो स्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघले ६६ हजार ६६६ रूपैयाँ नगद पुरस्कृत भयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारी, संयोजक सुरेन्द्र गुरुङले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

बैशाख ६ गतेबाट सुरु भएको प्रतियोगितामा एउटा भारतिय, नेपालका तीन विभागीय सहित ८ टिमले भाग लिएको थिए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिएको थियो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : १३ बजे

फागुन २१ मा चुनाव हुन नसक्ने भविश्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं । निर्वाचन विरोधी अभिव्क्ति दिने एक ज्योतिषलाई प्रहरीले पक्राउ

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८