६ श्रावण २०८३, बुधबार | July 23, 2026

आईपीएल : पञ्जाबले चेन्नईलाई ४ विकेटले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपरकिंग्सलाई चार विकेटले पराजित गरेको छ । युजभेन्द्र चहलको ह्याट्रिकका साथै कप्तान श्रेयस अय्यर र प्रभ्सीरमन सिंहको अर्धशतकको मद्दतमा पन्जाब किंग्सले बुधबार शानदार जित निकालेको हो ।

चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो । पञ्जाबको यो जितसँगै चेन्नई आईपीएलको यो सिजनमा चार खेल खेल्न बाँकी हुँदै बाहिरिएको हो ।

पन्जाबका लागि कप्तान श्रेयास अय्यरले ४१ बलमा ७२ रन जोडे । प्रम्भिरमन सिंहले ३६ बलमा ५४ रन जोडे । पन्जाबलाई जित दिलाउने क्रममा शशाङ्क सिंहले १२ बलमा २३ रन जोडे । चेन्नईका खालेल अहमदले ३.४ ओभरमा २८ रन खर्चेर दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई भने अन्तिम समयसम्म २०० रन सजिलै पार गर्ने अवस्थामा रहे पनि चहलको ह्याट्रिकले खेलको दिशा मोडिएको थियो । चहलले तीन ओभरमा ३२ रन खर्चेर चार विकेट लिए । चेन्नईले चार बल बाँकी रहँदा १९० रन जोड्दै सम्पूर्ण विकेट गुमाएको हो । चहलले चार विकेट नै १९ औँ ओभरमा लिएका थिए । जसमा ह्याट्रिक समेत समावेश थियो ।

जितपछि पन्जाब १० खेलमा १३ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको छ भने चार अङ्क जोडेर अंक तालिकाको पुछारमा रहेको चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : २१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क