४ पुस २०८२, शुक्रबार | December 20, 2025

१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता : वडा नं ६ को विजयी शुरुवात



बुटवल । १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ६ ले विजयी शुरुवात गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा विहिबार भएको उद्घाटन खेलमा वडा नं ६ ले वडा नं १६ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको निक्कै प्रतिस्प्रधात्मक खेलको २६ औ मिनेटमा वडा नं ६ का आवेश शाहीले गोल गर्दै अग्रता दिलाए । वडा नं ६ का विलज पुन मगरले खेलको ५३ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर गरे । खेलमा वडा नं ६ का विलज पुन मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको प्लेयर अफ दी म्याचवापतको रकम सौजन्यकर्ता जिल्ला कमिटिका दिपक खड्गीले पुरस्कृत वितरण गरे ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रेफ्रिलाई बल हस्तान्तरण गर्दै उद्घाटन गर्दै नगर खेलमय भएको दाबी गरे ।

कार्यक्रममा उपप्रमुख सवित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, बुटवल उपमहानगर ईन्चार्ज गोपाल राना, भुमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, नेकपा एमाले प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, नेकपा एमाले पार्टी जिल्ला सदस्य नहकुल शाही, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य केशव रोक्का, केन्द्रिय सदस्य बुद्घिराज थापा, कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष कृष्ण कुमाल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले देशमा योगदान गरेका राजनितिक ब्यक्तिको नाममा खेल प्रतियोगिता आयोजना गरेर युवाहरुबाट उत्कृष्ट काम भएको बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए ।

यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शुक्रबार बिहान ८ बजे वडा नं १० र १९ तथा साझ वडा नं ५ र १७ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको