२ चैत्र २०८२, सोमबार | March 16, 2026

गौतमबुद्धको जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउनुपर्छः अन्जान शाक्य



काठमाडौं । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले बुद्धजयन्तीलाई बुद्धको जन्ममितिकै आधारमा ‘बुद्धजयन्ती’ का रुपमा मनाउनु पर्ने बताएकी छन्। आज संसदमा बोल्दै उनले यस्तो बताउनु भएकी हुन्।

‘कसैले बुद्धको जन्म मिति ई.पू. ६२३ लाई लिएर आउने बैशाख २९ गतेका दिन २६ सय ४९ औं बुद्ध जयन्तीका रुपमा मनाउने गर्दछन्,’ उनले भनिन्, ‘कसैलेचाँहि गौतम बुद्ध महापरिनिर्वाण भएको दिनको मितिलाई लिएर अर्थात् दिवंगत हुनुभएको दिनलाई लिएर अहिले आउने बैशाख २९ गतेका दिन २५ सय ६९औं बुद्ध जयन्तीका रुपमा मनाउँदै छन्। २५ सय ६९ भनेको बुद्ध सम्बत् हो। बुद्ध महापरिनिर्वाण भएको मितिलाई आधार मानेर उक्त दिनदेखि बुद्ध सम्बत् प्रारम्भ भएको हो। अब आउने बैशाख पूर्णिमाका दिन अर्थात् बैशाख २९ गते बुद्ध सम्वत्को नयाँ बर्ष २५ सय ६९ प्रारम्भ हुन्छ।’

उनले यी दुई तथ्य प्रस्तुत गर्दै बुद्ध सम्बत् भनेको गौतम बुद्धको जन्म मिति नभएको दाबी गरिन्। ‘केहीले आउँदो बैशाख २९ गतेका दिन २५ सय ६९औं बुद्ध जयन्तीका रुपमा मनाउन गइरहेका छन् उनीहरुले बुद्ध सम्बत्को नयाँ बर्ष प्रारम्भ हुने दिनलाई बुद्ध जयन्तीका रुपमा मनाउन गइरहेको देखिन्छ,’ उनले भनिन्, ‘तेस्रो अभ्यास अनुसारचाँहि बुद्धको जन्म मिति वा महापरिनिर्वाण मितिलाई बेवास्ता गर्दै बैशाख पूर्णिमालाई केवल त्रिसंयोग दिवसका रूपमा मनाउँछन्। यस अभ्यासले बुद्धको जन्मस्थान नेपालको महत्वलाई ओझेलमा पार्छ।’

उनले यसरी बुद्ध जन्मनु भएको देशमै, बुद्धको जन्म मितिलाई आधार नमानी फरक–फरक रुपमा बुद्ध जयन्ती मनाउने गर्नु नेपालको लागि विडम्बना भएको उल्लेख गरिन्। ‘गौतमबुद्धको जन्म आज भन्दा २६ सय ४९ बर्ष अघि लुम्बिनीमा भएको थियो। उहाँले आज भन्दा २६ सय १४ बर्ष अघि बोधगयामा ३५ बर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नु भएको थियो र कुशिनगरमा आज भन्दा २५ सय ६९ बर्ष अघि अर्थात् गौतम बुद्ध ८० बर्षको हुँदा महापरिनिर्वाण अर्थात् अब फेरि जन्म मृत्युको चक्रमा पर्नु नपर्ने गरि सदाका लागि उहाँ दिवंगत हुनु भएको थियो,’ शाक्यले भनिन्, ‘ती सबै घटना एकैदिन बैशाख पूर्णिमाका दिन परेको थियो। त्यसैले यस दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि बौद्धहरुले मनाउने गर्दछन्।’

उनले यी तथ्यहरु प्रस्तुत गर्दै बुद्ध जन्मनु भएको दिन बैशाख पूणिमा अर्थात् मिति २०८२ बैशाख २९ गतेका दिन २६ सय ४९ बर्ष हुने भन्दै यसपालिको बुद्ध जयन्तीलाई २६ सय ४९औं बुद्ध जयन्ती भनेर मनाउनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले वि।सं।२०५५ सालमा नेपालको लुम्बिनीमा सम्पन्न भएको ‘प्रथम विश्व बौद्ध शिखर सम्मेलन’ मा भएको विविध घोषणाहरु मध्ये बुद्ध जयन्तीका दिन नेपालमा ‘लुम्बिनी दिवस’ भनेर मनाउने भनि घोषणा गरिसकेको स्मरण गराइन्।

‘यहि घोषणा अनुसार लुम्बिनी विकास कोषले लुम्बिनी दिवस भनेर मनाउन थाले पनि बुद्ध जयन्ती मनाउने सन्दर्भमा भने गौतम बुद्ध दिवंगत हुनुभएको मितिलाई आधारमानी मनाएको देखिन्छ। गत सालको बुद्ध जयन्तीलाई २५ सय ६८ औं बुद्ध जयन्ती भनेर मनाएको देखिन्छ,’ उनले भनिन्, ‘नेपालमा केही विहार र संघ संस्थाहरुले पनि त्यही कुराको अनुशरण गरि गौतम बुद्धको महापरिनिर्वाण भएको दिनलाई जन्मदिनका रुपमा मनाउँदै आइरहेको छ जुन विडम्बना हो भनेर बौद्ध विद्धानहरुले नै भन्ने गरेका छन्।’

मृत्यु भएको दिनलाई जन्म जयन्तीका रुपमा मनाउने कुरा गलत रहेको भन्दैआधिकारिक निकायले नै गलत अभ्यास गरिरहेको उनले उल्लेख गरिन्। ‘यी सबै तथ्यहरुले पनि बुद्धको महापरिनिर्वाण दिवस अर्थात् दिवंगत हुनुभएको दिनलाई बुद्ध जन्मनु भएको भनी बुद्ध जयन्तीका रुपमा मनाउँदा गौतम बुद्ध जन्मनु भएको २५ सय ६९ बर्ष मात्र भयो भन्ने गलत सन्देश विश्व सामु जाने देखिन्छ,’ उनले भनिन्, ‘२५ सय ६९ बर्ष भनेको गौतम बुद्धको दिवंगत हुनुभएको अर्थात् महापरिनिर्वाण हुनुभएको बर्ष हो। ’

उनले बैशाख पूर्णिमाको दिनलाई बुद्ध जयन्ती भनेर नमनाउने हो र त्रिसंयोग दिवसका रुपमा मात्र मनाउने हो भने नेपालमा बुद्ध जन्मनु भएको हो भन्ने कुरा ओझेलमा पर्न गई सो सम्बन्धमा विश्वसामु बुद्धको जन्मबारे भ्रम श्रृजना हुनसक्ने पनि उल्लेख गरिन्। ‘त्यसैले जानी–नजानी भइरहेका गम्भीर त्रुटिलाई नेपाल सरकारले र सम्बन्धित सबैले अबिलम्ब सच्याउनु पर्दछ,’ उनले भनिन्, ‘नेपाल सरकारलाई मेरो सुझाव छ। बैशाख २९ गते बैशाख पूर्णिमालाई ‘२६४९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस” का रूपमा मनाऔँ।ु

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : १५ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र