१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले भोलिसम्म जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी



रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीले भोलिसम्म जवाफ नदिए सरकारबाट बाहिरिने नाउपाको चेतावनी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक एवं सांसद रेशम चौधरी पक्राउबारे संसदबाट सरकारको जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले भोलिसम्म चौधरीको पक्राउ प्रकरणबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।

उनले भने ‘जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्रीले भोलिको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुनेछौं र संसद अवरोध समेत गर्नेछौं।’

चौधरीको पक्राउबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत प्रश्न उठाए । उनले चौधरी पक्राउ प्रकरण रहस्यमय भएको बताउँदै पक्राउबारे प्रधानमन्त्री या गृहमन्त्रीलाई थाहा नहुने प्रश्नै नहुने जिकिर गरे ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ११ : ४१ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका