२ चैत्र २०८२, सोमबार | March 16, 2026

नेपाली भाषा बोल्न रोक लगाउने विद्यालयलाई कारवाही गर्ने काठमाडौं महानगरको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।

‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको’, पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’

 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ५७ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र