१३ असार २०८३, शनिबार | June 28, 2026

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु



किमाथाङ्का ।विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ ।

मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनको आइतबार राति मृत्यु भएको हो ।

मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए। तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फकिएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहित मकालु हिमाल आरोहणका लागि २७ अप्रिलमा सोलुखुम्बु हुँदै सङ्खुवासभा आएका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यहाँसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ ।

यातायात र सञ्चार सेवा नभएका कारण मकालु क्षेत्र भौगोलिक रूपमा विकट मानिन्छ । मृतकको शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै आज दिउँसो नै प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : २३ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट