२२ माघ २०८२, बिहिबार | February 5, 2026

रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग्दै जनमत र नाउपाका सांसदबाट केहीबेर सदन अवरुद्ध



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नाउपा र जनमत पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध बनाएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउ घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन । त्यसपछि शुन्यसमय सकिएपछि सभामुख देवाराज घिमिरेले बैठक नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा प्रवेश गरेको जानकारी गराउने वित्तिकै नाउपा र जनमतका सांसदहरु उठेर विरोध जनाएका हुन् । उनीहरुले सरकारले तत्काल जवाफ दिनुपर्ने माग राखे ।

सभामुख घिमिरेले यस विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सरकारले उचित समयमा जवाफ दिने बताए पनि सांसदहरुले जवाफ मागिरहे ।

धेरैबेरपछि गृहमन्त्रीले २५ गतेको बैठकमा यस विषयमा जवाफ दिने मौखिक खबर पठाएको जानकारी सभामुखले गराएपछि सदन सुचारु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १२ : १२ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी