४ पुस २०८२, शुक्रबार | December 20, 2025

रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग्दै जनमत र नाउपाका सांसदबाट केहीबेर सदन अवरुद्ध



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नाउपा र जनमत पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध बनाएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउ घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन । त्यसपछि शुन्यसमय सकिएपछि सभामुख देवाराज घिमिरेले बैठक नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा प्रवेश गरेको जानकारी गराउने वित्तिकै नाउपा र जनमतका सांसदहरु उठेर विरोध जनाएका हुन् । उनीहरुले सरकारले तत्काल जवाफ दिनुपर्ने माग राखे ।

सभामुख घिमिरेले यस विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सरकारले उचित समयमा जवाफ दिने बताए पनि सांसदहरुले जवाफ मागिरहे ।

धेरैबेरपछि गृहमन्त्रीले २५ गतेको बैठकमा यस विषयमा जवाफ दिने मौखिक खबर पठाएको जानकारी सभामुखले गराएपछि सदन सुचारु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १२ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको