१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिलोत्तमा नगरपालिका २०८२ को पहिलो ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर’ घोषणा



काठमाडौँ । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।

आश्रमको ‘मिसन २०८२’ अभियानअन्तर्गत आज पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा गरिएको हो । यससँगै अब तिलोत्तमामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्था अन्त्य भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

यसअघि नै प्रदेशमा गण्डकी र कर्णाली तथा जिल्लामा मकवानपुर ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएका छन् भने पालिकामा भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, गोरखा नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका यस्तो घोषणा भइसकेका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताए । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले सबैको सहयोगले यो काम सम्भव भएको बताए । आश्रमका अध्यक्ष अधिकारीले २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री, तिलोत्तमा उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सराकोर भएका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आश्रमको तिलोत्तमा सेवा केन्द्रले हालसम्म ७१७ को उद्धार, ३७२ जनाको पारिवारिक तथा सामुदायिक पुनस्र्थापना गराइसकेको छ । तीमध्ये १२८ जनाको निधन भएको आश्रमको तथ्याङ्कमा उल्लेख छ । हाल तिलोत्तमा सेवा केन्द्रमा १३९ जना आश्रित छन् ।

मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । आश्रमले हालसम्म मुलुकभरबाट ११ हजार ४३६ जनाको उद्धार गरिसकेको छ र तीमध्ये महिला चार हजार ३४८ र पुरुष सात हजार ८५ जना उद्धार भएका जनाएको छ ।

यस्तै, आजसम्म आश्रमले पाँच हजार ५८२ जना आश्रितलाई सुखद पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनःस्थापना गरिसकेको छ । यस अवधिमा एक हजार ५१२ जनाको निधन भएको आश्रमका अध्यक्ष अधिकारीले बताए ।

आश्रमले मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्न मिसन–२०८२ अभियान सञ्चालन गरिरहेको छ । आश्रमले स्थानीय तह, मुलुकका सातवटै प्रदेश हुँदै यही वर्षमा सिङ्गो नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने योजना रहेको जनाएको छ । घोषणापश्चात्का क्रियाकलाप कार्यान्वयनलाई प्रभावकारी बनाउने सङ्कल्पसहित हाल सात प्रदेशका २० जिल्लामा २६ वटा सेवा केन्द्रमार्फत ७७ वटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा यस्ता मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ७ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा