२३ श्रावण २०८३, शनिबार | August 9, 2026

बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेमा सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमा सवार अर्का गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गईरहेको वा १(०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर ठक्कर दिदाँ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको प्हरीले जनाएको छ ।

दुर्घटनाबाट ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिईन । उनका अनुसार घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : २९ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी