८ माघ २०८२, बिहिबार | January 22, 2026

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै



काठमाडौँ । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ ।

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवीय आदर्शलाई कायम कठिन छ । यस्तो अवस्थामा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरुले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : ०४ बजे

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका-७ का समिर खान र यास्मिन बेगमले

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ