२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुको दुर्घटना बिमा गर्ने



कास्की । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यहरुका लागि दुर्घटना बिमा गर्ने भएको छ । कास्कीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका घान्द्रुकमा सम्पन्न पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति बैठकले सदस्यहरुलाई सहभागितामा आधारित बिमा कार्यक्रममा समावेश गराउने निर्णय गरिएको महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पत्रकारहरुको पेशागत सुरक्षा तथा दुर्घटनामा हुने क्षति न्यूनिकरणका लागि सदस्यहरुलाई बिमा कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको हो ।

सो अवसरमा बोल्दै महासंघ रुपन्देहीका सल्लाहकार तथा पूर्व अध्यक्ष समेत रहेका पोखरेलले पत्रकारहरुको पेशागत सुरक्षा तथा उनीहरुको क्षमता बिकासका कार्यक्रमलाई थप बढाउँदै जानुपर्ने सुझाव व्यक्त गरे । यसैगरी महासंघ पूर्वअध्यक्ष तथा सल्लाहकार यानेन्द्र जि.सी., पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी तथा सल्लाहकार हरिष ढकाल लगायतले बोल्दै पत्रकारहरुको पेशागत सुरक्षा मात्र नभई उनीहरुको स्वास्थ्य सुरक्षाका लागि पनि बिमा कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

आर्थिक अभावका कारण कुनै पनि दुर्घटनाको समयमा उपचार नपाउने स्थितीय अन्त्य गर्नका लागि बिमा कार्यक्रम प्रभावकारी हुने उनीहरुले विश्वास व्यक्त गरे । यसैगरी महासंघ रुपन्देहीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै उनीहरुले थप क्रियाशिल भएर लाग्न आग्रह समेत गरे ।

महासंघ रुपन्देहीले सञ्चारगृहहरु बीच फुटसल प्रतियोगिता, संघ-संस्थाहरु बीच फुटसल प्रतियोगिता, पत्रकारहरुका लागि लेखनवृत्ति तालिम, मिडिया मन्थनको आयोजना तथा नलेज सिरिजको शुभारम्भसँगै विश्व प्रेस स्वतन्त्रता दिवस मनाएर भ्रमण कार्यक्रम आयोजना गरेको थियो ।

सोही क्रममा पत्रकार महासंघ म्याग्दी शाखा, बागलुङ र पर्वत शाखामा पुगेर भेटघाट गर्नुका साथै पत्रकारहरुको पेशागत अवस्था र महासंघका भावी योजनाहरुको बारेमा छलफल गरेको थियो । भेटघाटका क्रममा महासंघ जिल्ला शाखाहरुले गरेका सिर्जनात्मक कामहरुको बारेमा जानकारी लिनुका साथै पत्रकारहरुको पेशागत अवस्थाका बारेमा छलफल गरिएको सचिव सी.पी. खनालले जानकारी दिए ।

महासंघ रुपन्देहीका सहसचिव तथा अतिरिक्त क्रियाकला संयोजक सुमन रश्मी श्रेष्ठको संयोजनमा भएको ४ दिने भ्रमण कार्यक्रमको अवसरमा कास्कीको घान्द्रुकमा पुगेर ऐतिहासिक बैठक बसी महत्वपूर्ण निर्णय गर्न सफल भएको हो ।

बैठकका निर्णय कार्यन्वयनका लागि थप अध्ययन गरी रुपन्देहीका सबै पत्रकारहरु र महासंघको बराबर आर्थिक सहभागितामा बिमा कार्यक्रमलाई अगाडि बढाइने सहसचिव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ९ : १२ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू