१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फेवातालमा डुङ्गा पल्टियो, ६ भारतीय पर्यटकसहित ७ जनाको सकुशल उद्धार



पोखरा । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार डुंगा पल्टिएर फेवातालमा फसेका सातजनाको उद्धार गरेको छ । फेवातालमा हावाहुरीका कारण ‘स्टयान्डिङ डबल प्याडल बोट’ पल्टिँदा यात्रु फसेका थिए ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । डुंगा पल्टिँदा भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नन्दबहादुर गुरुङ फेवातालमा फसेका थिए ।

लगत्तै उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।

उद्धारपश्चात् नन्दबहादुर गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको प्रवक्त थापाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ५३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा