१० असार २०८३, बुधबार | June 24, 2026

फेवातालमा डुङ्गा पल्टियो, ६ भारतीय पर्यटकसहित ७ जनाको सकुशल उद्धार



पोखरा । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार डुंगा पल्टिएर फेवातालमा फसेका सातजनाको उद्धार गरेको छ । फेवातालमा हावाहुरीका कारण ‘स्टयान्डिङ डबल प्याडल बोट’ पल्टिँदा यात्रु फसेका थिए ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । डुंगा पल्टिँदा भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नन्दबहादुर गुरुङ फेवातालमा फसेका थिए ।

लगत्तै उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।

उद्धारपश्चात् नन्दबहादुर गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको प्रवक्त थापाले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ५३ बजे

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी