४ पुस २०८२, शुक्रबार | December 20, 2025

एन्फाको साधारणसभामा पुर्व अध्यक्ष गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन



धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन गरेका छन् ।

धुलिखेलमा सुरू भएकाे एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएपछि प्ले कार्ड प्रदर्शन गरिएकाे हाे ।

‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिए पछि पुर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।

फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भए पछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिए पछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको