४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुटवलको नरैनापुर क्रिकेट मैदानमा २९ गतेदेखि नकआउट क्रिकेट प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको बुटवल-१६ स्थित उज्जवल युवा क्लबको आयोजनामा यही बैशाख २९ गतेदेखि पुरुषहरुको नकआउट कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्न शुक्रबार आयोजिता पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी समेत पूरा भएको क्लबले जानकारी गराएको छ ।

बुटवल-१६ नरैनापुरस्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा रुपन्देहीका ८ वटा क्लबको सहभागिता रहेको छ । जेष्ठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार १५१ पुरस्कार राशीसहित ट्रफी र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष पंकज शर्माले जानकारी दिए ।

यसैगरी उपविजेताले २५ हजार ५२४ नगर राशी प्राप्त गर्ने छ भने विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३३३ रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान १ हजार ५५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिने सचिव विवेक आचार्यले जानकारी दिए ।

प्रतियोगितामा देवीनगर युवा क्लब बुटवल-११, जे.आर. क्रिकेट क्लब बुटवल-१३, गोलपार्क क्रिकेट क्लब बुटवल-३, गैँडहवा युवा क्लब, बुटवल युथ क्लब बुटवल-६, सैनामैना नगरपालिका, खुकुरी क्लब भैरहवा र आयोजक उज्जवल युवा क्लब सहभागी रहेका छन् । टेनिस बलमा खेलाइने प्रतियोगिता सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

प्रतियोगिताको अवसरमा बोल्दै बुटवल-१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जित र हारको रुपमा भन्दा पनि खेलकूदको विकास र सम्बन्ध बिस्तारको रुपमा प्रतिस्पर्धालाई लिन आग्रह गरे ।

यसैगरी बुटवल क्रिकेट विकास समितिका कार्यवहाक अध्यक्ष रोमित बज्राचार्यले प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादन तथा प्रतिभाहरुको पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे । क्लबका संस्थापक घनश्याम चालिसेले प्रतियोगिता सफताको शुभकामना व्यक्त गरे । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा हरेक दिन २ वटा म्याच सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको