४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द



काठमाडौं । भारत-पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ ।

भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने उल्लेख छ ।

उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाईका लागि नोटम जारी गरिएको छ ।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू मे १५ बिहान ५ः२९ बजेसम्म रद्ध गरिएको जनाएको छ । बीबीसी

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : १७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज