१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन



सिमकोट । यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व सङ्कलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट रु ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।

चीनमा काम गर्न गएका कामदारले रु १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ ।

चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उनले बताए ।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने रु १४ लाख राजस्व सङ्कलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको छ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका छ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमो छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ५६ बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई