४ पुस २०८२, शुक्रबार | December 19, 2025

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही



काठमाडौं। प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।

गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार सादपाराको ८,००० मिटर अग्लो हिमालमा चढेको यो नवौं पटक हो । ती सबै बोतलबंद अक्सिजन बिना नै सफल आरोहण भएका थिए ।

“सदपारो मुहम्मद अली सदपाराका गर्वका छोरा हुन्, जसको सन २०२१ मा के २ को जाडोयाममा भएको आरोहणको क्रममा दुःखद रूपमा आफ्नो ज्यान गुमाएका थिए तर आफ्नो बुबाको विरासतलाई सम्मानका साथ साजिद पाकिस्तानी पर्वतारोहण शक्ति र विश्वव्यापी उत्कृष्टताको शक्तिशाली प्रतीकको रूपमा उभिएका छन्’ क्लबले भनेको छ ।

पाकिस्तानको अल्पाइन क्लबका सचिव करार हैदरीले सदपारालाई बधाई दिँदै विश्व मञ्चमा पाकिस्तानी पर्वतारोहीको शक्ति र साहस झल्काउने ऐतिहासिक कोसेढुङ्गा बनेको बताए । ‘यो पाकिस्तान र पर्वतारोहण संसारका लागि अर्को गर्वको क्षण हो,’ उनले भने ।

उता, काठमाडौंस्थित सेभेन समिट ट्रेक्सले एक विज्ञप्तिमार्फत उनले शनिबार बिहान ९ः३५ बजे शिखरमा सफलतापूर्वक पुगेको बताएको छ, जस अनुसार यस वसन्त २०२५ को सिजनमा धौलागिरीको चुचुरोमा पुग्ने पहिलो आरोही भएको पनि जनाएको छ ।

टोलीले शुक्रबार साँझ ६ः१५ बजे क्याम्प चौथौंवाट समिटका लागि यात्रा सुरु गर्‍यो र शीर्षमा पुग्नको लागि अथक प्रयास गर्दै साथसाथै ३५० मिटरभन्दा बढी डोरी फिक्स गरी रुटको अन्तिम खण्ड सुरक्षित गर्‍यो। उनको धौलागिरी आरोहण सेभेन समिट ट्रेक्स नेपाल र साब्रोसो पाकिस्तानले प्राविधिक सहयोगमा कैलासले प्रायोजन गरेको थियो।

 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : २३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा