३२ असार २०८३, बिहिबार | July 17, 2026

धौलागिरी हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनेष्टिको हेलिकोप्टर र दुई शव फेला



काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष अघि दुर्घटनामा परेको एक हेलिकोप्टर र दुई मानव शव फेला पारेको छ ।

सफा हिमाल अभियान अन्तर्गत धौलागिरी हिमालको सफाई गर्ने क्रममा सेनाको टोलीले बिहीबार धौलागिरी बेसक्याम नजिकै हेलिकोप्टरको दुर्घटनाग्रस्त अवशेष र दुईवटा मानव शव भेट्टाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो हेलिकोप्टर सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर भएको सेनाले जनाएको छ ।

सेनाको विज्ञप्तिमा भनिएको छ,‘सफा हिमाल अभियान २०२१” अन्तर्गत फोहोर संकलन गर्ने क्रममा मिति २०७८/०१/१५ गते धवलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ (दुई) वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमि ईटालि बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको छ ।’

सेनाले मृतकहरुको पहिचान नखुलेकोका कारण थप छानविन भइरहेको जनाएको छ । मानव अवशेषहरु व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको पनि सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ ।

यही बैशाख १२ गतेबाट फोहोर संकलन शुरू गरिएकोमा बिहीबारसम्म गतेसम्म Bio-degradable (सड्ने/कुहिने) ३५५ केजी र Non-Bio-degradable ४ हजार ७९९ केजी गरी जम्मा ५ हजार १५४ केजी फोहोर संकलन भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना