१३ असार २०८३, शनिबार | June 28, 2026

आमाको चिया चौतारीमा आजबाट वाटरपार्क रिसोर्ट संचालनमा



नेपालगन्ज । होटल, रेष्टुरेन्ट र क्याफेको शहर बन्दै गरेको नेपालगन्जमा थप एक रिसोर्टले सेवा प्रारम्भ गरेको छ । आमाको चिया चौतारीका नामबाट परिचित हस्पिटालिटी क्षेत्रको एक संस्थाले आजबाट वाटरपार्क रिसोर्ट संचालनमा ल्याएको हो ।

नेपालगन्ज १ धम्बोझीको वाटरपार्क नजिकै खोलिएको रिसोर्टको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले सितलचिनीको बिरुवा रोपेर शुभारम्भ गरे । सेवा प्रारम्भको नयाँ शैली अपानाइएको रिसोर्टले सेवामा पनि नौलो शैली अपनाउने जनाएको छ ।

स्थानीय परम्परागत स्वादका पारखी मध्यमवर्गिाय स्थानीयबासीलाई लक्षित गर्दै रिसोर्ट संचालनमा ल्याइएको वाटरपार्क रिसोर्टका संचालक सरोज चौधरीले बताए । बंढिया कुखुराको भालेको परिकारलाई मुख्य ब्राण्ड बनाएको रिसोर्टमा जेष्ठ नागरिक र विद्यार्थीहरुलाई विशेष छुटको ब्यवस्था रहने चौधरीले बताए । चौधरीका अनुसार विद्यार्थी खाजा को प्याकेट प्रस्ताव गरेको रिसोर्टले अभिभावकहरुको समन्वयमा टिफीन टाइममा विद्यालयमा नै खाजा डेलिभरी दिने लक्ष्य राखेको छ ।

बिहान ४ बजेबाट योगाका लागि हल निशुल्क उपलब्ध गराउने योजना सहित सेवा प्रारम्भ गरिएको रिसोर्टमा पूर्णीमा, एकादशी र औंसीमा साकाहारी परिकार मात्र उपलब्ध हुने जनाइएको छ ।

रिसोर्टमा ४ वटा पारिवारीक क्याबिन, १ वटा बैठक कक्ष, १ वटा बार तथा स्मेशल चिया चौतारी तत्काल संचालनमा रहेको छ भने सुबिधा सम्पन्न कटेज र हल छिट्टै तयार गरिने संचालक चौधरीले बताए । चौधरीका अनुसार तत्काल २५ लाख लगानी रहेको रिसोर्टमा संचालकहरु बाहेक ६ जनालाई राजगार प्रदान गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ४ : ४७ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट